नयाँ शैक्षिक सत्र असारबाट सुरु गर्ने सरकारको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको नयाँ शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ।

मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्वीकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो।

Advertisement

वैशाख १ देखि सुरु हुने शैक्षिक सत्र कोरोना भाइरसको महामारीका कारण दुई महिनापछि धकेलिने भएको हो।

यस्तै, यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न पाउने भएको छ।

गत वर्ष कोभिड–१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो।

विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउन भएको छ।

More News last news
Loading...