मलेसियाको सामाजिक सुरक्षामा झण्डै तीन लाख नेपाली सहभागी

काठमाडौँ । मलेसिया सरकारले दुई वर्षदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम (सोस्को) मा २ लाख ९८ हजार नेपाली श्रमिक सहभागी भएका छन्।

मलेसियाले निजी क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गरेपछि रोजगारदाता कम्पनीमार्फत उनीहरू यसमा सहभागी भएका हुन् ।

Advertisement

तोकिएको सुविधा सम्बन्धित श्रमिक वा परिवारलाई वितरण गर्न वैदेशिक रोजगार बोर्डसँग सम्झौता गर्न लागिएको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले त्यहाँको सरकारले कानुनी हैसियतमा कार्यरत नेपालीसहित विदेशी श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गरेको बताए।

More News last news
Loading...