काठमाडौँ । पानी भनेको जुनसुकै प्राणीका लागि पनि अत्यावश्यक कुरा हो । पानीबिनाको संसारको कल्पना पनि गर्न सकिँदैन । हाम्रो शरीर पनि करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । स्वस्थ्य शरीरका लागि दैनिक ६ देखि १० गिलाससम्म पानीको आवश्यकता पर्छ । तर पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा असर पनि पुर्याउन सक्छ । त्यसैले पानी पिउने सही समय र तरिकाबारे थाहा पाइराख्नु जरुरी हुन्छ ।
हामीलाई तिर्खा लागेको बेला एकैपटक धेरै पानी पिउने बानी धेरैमा हुन्छ । तर यस्तो गर्नुहुँदैन किनभने यसो गर्दा हाम्रो पाचन प्रक्रियामा खराबी आउन सक्छ । त्यसैगरी खाना खाएलगत्तै वा खाना खानभन्दम केही समयअघि पानी पिउनु हुँदैन । यसले शरीरको पाचन रसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु निम्त्याउन सक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । पिउनै परे मनतातो पानी पिउनु पर्छ ।
घाममा हिँडेर वा बाहिर काम गरेर आउनेबित्तिकै तथा शौचालयबाट फर्केलगत्तै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ । विहान शौचालय जानुअघि पानी खानु भने स्वास्थ्यको लागि राम्रो मानिन्छ । साह्रै प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिएलगतै दौडिने वा खेल्ने पनि गर्नुहुँदैन । पानी पिउँदा उभिएर पिउनुहुँदैन यसले घुँडामा स’मस्या हुन सक्छ । त्यसैले पानी पिउँदा जहिलेपनि बसेर मात्रै पिउनुपर्छ । यस्तै पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन ।
खाली पेटमा प्यास लागेको खण्डमा केही कुरा खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने हुनाले बिरामीलाई तातो पानी खुवाउनु पर्छ । राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ । त्यसैले केहीबेरपछि मात्र पानी पिउनुपर्छ । पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन, शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।
एकदिनमा स्वस्थ मानिसले कुन बेला, कसरी र कति पानी पिउनु पर्दछ ? अत्यन्तै महत्वपुर्ण जानकारी !
एक स्वास्थ मानिसले दैनिक कति पानी पिउनु पर्दछ ? सामान्य त स्वस्थ व्यक्तिको शरीरमा प्रतिदिन २.५ लिटर पानी छिर्छ र त्यति नै पानी बाहिर निस्कने गर्दछ भन्ने मान्यता छ । खाएर होस या भित्र नै बनेर होस । त्यसको हिसाव यस्तो छ । मानिसले दैनिक १.२ लिटर पानी खान्छ । थप एक लिटर सोलिट फुडबाट शरीरमा जान्छ । त्यो भनेको हामीले खाने दाल, भात, तरकारी आदिबाट । पानी र सोलिड फुडबाट गरी शरीरमा २.२ लिटर भयो । अब बाँकी ३०० एमएल पानी अक्सिटेसन रिडक्सन (पानी बन्ने प्रक्रिया भन्दा अघिल्लो अवस्था) बाट निस्कन्छ छ ।
शरीरबाट कति पानी बाहिरिन्छ ? पिसावबाट एक दिनमा १.५ लिटर पानी बाहिरिन्छ । इन्सेन्सीवल लस (पसिना, श्वासप्रश्वास प्रक्रिया)मा ८०० एमएल र दिसाबाट २०० एमएल गरी २.५ लिटर नै पानी निस्कन्छ । यो सामान्य अवस्थाको हिसाव हो । अब तपाईँ गर्मी ठाँउमा बस्नु भएको छ भने धेरै पसिना निस्कन्छ । त्यसबेला पानी चाहिन्छ । पानी पर्याप्त भएन भने तपाईँलाई डिहाइड्रेसन हुन्छ । पानी कम पिसाव कम्ती आउँछ । जाडोका बेला नशा खुम्चिन्छ । धेरै पानीको धेरै खर्च हुँदैन । भनेपछि जाडोमा पानी खाँदा धेरै पिसाव लाग्छ । किनभने त्यसबेला इन्सेन्सेवल लस कम भयो । एउटा साधारण स्व’स्थ मानिसले पानी धेरै खाएर हानी हुँदेन । तर कम खाएर डिहाइड्रेसन हुने भयो ।
पिसावको रङ हेरेर पनि थाह हुन्छ: पिसावको रङ हेरेर पनि थाह हुन्छ शरीरका लागि पानीको आवश्यकता छ कि छैन भनेर । सामान्य त मानिसको पिसावको रङ स्ट्र कलर (परालको जस्तो) पुरै पहेलो पनि होइन रत्याइदो पनि होइन रङको हुन्छ । अब के बुझ्नु परयो भने पिसाव संङ्लो हुँदासम्म पानी खानु पर्छ । त्यसैले पानी कति खाने भन्ने सन्दर्भमा तपाईँको पिसाव संङ्लो हुनुपरयो । शरीरमा आराम अनुभव हुनुपरयो । मुख र शरीर सुख्खा हुनु भएन । तर, रोग लागेको अवस्था, जस्तै मिर्गौलाले राम्ररी पानी फाल्न नसकेको अवस्था, जीउ सुन्निएको अवस्थामा पानी कम खानु पर्दछ ।
शरीरमा आवश्यक पानीको मात्रा पुगेको छ कि छैन ? यो पनि थाहा पाइराखौँस् जब हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ तब शरीरले पानी कम हुनुको लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, हामीलाई थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं ।
पानीको मात्रा कम हुदा शरीरमा लाग्ने रोगहरु, यस्ता छन् । पानीको मात्रा शरिरमा कम भए पछि देखिने अन्य रोग तथा समस्याहरु यस्ता छन् । यी समस्याहरु देखिएमा बुझ्नुहोस्, तपाईको शरिरमा पानीको मात्रा कम भएको हुन सक्छ ।
खराब मुड: शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरि’क रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । श’रीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने हुन्छ ।
शरीर चिसो बनाउछ: रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।
आँखा धमिलो हुने र तिर्मिराउने: पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।
टाउको दुखाई: चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।
कब्जियत गराउछ: आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।
सास गन्हाउने: हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईँले बोल्दा जब तपाईँका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईँलाइ महसुस हुन्छ कि तपाईँले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।
शारीरिक क्षमतामा कमी: शरीरमा पानीको मात्रा कम हुँनासाथ तपाईँको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।
सुख्खा छाला: छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ।
ड्राइभिङ क्षमतामा असर: फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।
थकान: शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो रु हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
