काठमाडौँ । हर्मोन असन्तुलनको कारण शरीरमा केही असामान्यता वा असुविधा देखिन सक्छ । विषेशगरी महिलाहरूमा गर्भावस्था, मासिक धर्म र मेनोपजको समयमा हर्मोनको स्तरमा परिवर्तन हुने गर्छ। तर, केही औषधि वा स्वास्थ्य समस्याका कारण पनि कहिलेकाहिँ हर्मोनहरू असन्तुलित हुन जान्छ ।
शरीरमा हार्मोनको असन्तुलनका कारण धेरैजसो महिलाहरूमा यी लक्षणहरू देखिन्छ वा महशूस हुने गर्छ। पर्याप्त निद्रा पाउन नसके वा सुते उठ्दा पनि सन्तुष्ट हुन नसकेमा हार्मोन असन्तुलित भएको कारण यस्तो भएको हुन सक्छ । ओभेरिमा बन्ने हर्मोन प्रोजेस्टेरोनले गर्दा सुत्न प्रेरित गर्छ। तर, उक्त हर्मोनको स्तर सामान्यभन्दा कम भएका निन्द्रामा समस्या हुन थाल्छ । यसबाहेक, एस्ट्रोजेन हर्मोनको अभावमा राति पसिना आउने गर्छ जसले निन्द्रामा असर गर्छ ।
सामान्य रूपमा हर्मोनको असन्तुलनको कारण जहिले पनि थकान महशूस हुन सक्छ । प्रोजेस्टेरोनको अधिक मात्राका कारण निन्द्रा र थकान महशूस हुन्छ । एस्ट्रोजेन स्तरमा कमीको कारण स्वभावमा अचानक निराशा, दुस्ख तथा चाँडै रिस उठ्न सक्छ । यो अवस्थामा आवश्यकताभन्दा बढी भोक लाग्ने र धेरै खान मन लाग्ने हुन्छ । जसकारण छिटो तौल बढ्न सक्छ । केही अवस्थाहरूमा हर्मोन असन्तुलनको लक्षणमा भने एकैपटक धेरै तौल घट्नु पनि हुन सक्छ ।
महिलामा महिनावारीमा परिवर्तन आउनु पनि हर्मोनको कारणले गर्दा हुन्छ। एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको अधिक वा अभावको परिणामका कारण महिनावारी ढिलो हुने, वा महिनावारीको समयमा स’मस्या देखा पर्ने हुन सक्छ। एन्ड्रोजन हर्मोनले तेल ग्रंथिलाई अधिक सक्रिय गर्दा असन्तुलन हुने कारण महिनावारीको समयमा पिम्पल आउने गर्छ। अनुहारमा कपाल आउनु पनि हर्मोन असन्तुलनको कारण हुने गर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
