अनुहारको चाउरीपनाले दिक्क हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् फिटकिरी

काठमाडौँ । धेरै मानिसहरु घरमा फिटकिरीको प्रयोग गर्ने गर्दछन् । तर के तपाईंलाई थाहा छ यो तपाईंको स्वास्थ्य र सौन्दर्य समस्याहरूबाट मुक्त हुन मद्दत गर्दछ। त्यसोभए यसको प्रयोग गर्ने तरिकाहरू र फाइदाहरूको बारेमा जानौं:

जब कसैलाई युरिन इन्फेक्शनसँग सम्बन्धित कुनै समस्या छ भने त्यस्ता व्यक्ति आफ्नो समस्याको बारेमा अरुलाई भन्न डराउने गर्दछन् या त कहिल्यै भन्न नै नपरोस् भनी यस्ता कुराबाट टाढा नै रहन्छन् । तर फिटकरीको मदतबाट प्राइवेट पार्ट सफा गरेर युरिन इन्फेक्सनबाट बच्न सक्छौँ ।

Advertisement

यस्तैमा कोही कसैलाई कपालमा चायाँ पर्ने समस्याले सताइराखेको छ भने पनि तपाई यस समस्याबाट मुक्ति पाउन फिटकिरीको पानीले आफ्नो कपाललाई धनुहोस्।

बढ्दो उमेरको साथ साथै आफ्नो अनुहारा पनि चाउरीपना आउन थाल्छ । यस्तो अवस्थामा पनि थोरै फिटकिरीलाई पानीमा हाली त्यसलाई घोलेर आफ्नो अनुहारमा लगाई यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

यदि कसैलाई श्वासप्रश्वास सम्बन्धित बिमारी छ भने पनि तपाई फिटकिरीको साथमा मह खान सक्नुहुन्छ।

यदि तपाई नचाहिने रौँबाट छुटकारा पाउन चाहानुहुन्छ भने पनि फिटकिरीलाई गुलाबजलमा मिलाई स्किनमा लगाउन सक्नुहुन्छ जसबाट तपाईको सबै समस्या सजिलैसँग हट्न सक्छ।

More News last news
Loading...