काठमाडौँ । आँखा हाम्रो शरीरको अभिन्न अंग मानिन्छ। आँखाले नै हामीले संसार देख्न पाएका छौँ। आँखा बिना पुरै दुनिया अध्यारो हुने गर्दछ। त्यसैले आँखाको सुरक्षा तथा हेरचाह गर्न आवश्यक छ।
कहिले काही हामीले स्वास्थ्यमा उचित हेरचाह गर्न नसक्दा त्यसको प्रभाव हाम्रो आँखामा पर्ने गर्दछ। जसको परिणाम हुन्छ आँखाको ज्योति कम हुनु।
आँखाको ज्योति कम भएमा डाक्टरले चस्मा लगाउने सल्लाह दिने गर्दछन्। आज हामी तपाईलाई चश्मा लगाउन नपर्ने केही उपायका बारेमा जानकारी दिदैछौँ।
आहारमा ध्यान दिनुहोस्
आफ्नो आहारा सन्तुलन राख्नुहोस्। आँखाको ज्योतिको समस्या हुने मान्छेले भिटामिन ए पाइने आहार खानु पर्दछ। सबैभन्दा बढी भिटामिन ए गाजरमा पाइने गर्दछ।
पुरा निद्रा सुत्नुहोस्
आजभोलि समयको व्यस्तताका कारण मानिस पुरा निद्रा सुत्न पाउँदैनन्। तर यो आँखाका लागि निकै खराब हुने गर्दछ। त्यसैले आँखा र आफ्नो स्वास्थ्यका लागि भरपुर निद्रा लिन आवश्यक छ। मानिस करिब ७ देखि ८ घण्टा सुत्नु पर्दछ। यसरी सुत्दा आँखाको मांशपेसीलाई आराम मिल्ने गर्दछ।
मोबाइल र ल्याप्टपको ब्राइटनेस कम गर्नुहोस्
स्क्रीनको चर्को प्रकाशले तपाईको आँखालाई हानी पुर्याउने गर्दछ। त्यसैले तपाईले मोबाइल वा ल्याप्टप चलाउँदा ब्राइटनेस कम गर्नुहो्। यसो गर्दा तपाईको आँखामा रोकसान पुग्दैन्।
आँखाको व्यायाम गर्नुहोस्
आँखाको व्यायामबाट पनि आँखालाई फाइदा हुने गर्दछ। आफ्नो दुबै हातलाई रगडेर तातो भएपछि हत्केलालाई आँखामा लग्नुहो्। यसो गर्दा आँखालाई तनाव कम हुने गर्दछ।
आँखा झिम्काउनुहोस्
आँखा झिम्काउनु पनि आँखाका लागि व्यायाम हुने गर्दछ। लगातार आँखाले हेरिराख्यो भने आँखामा थकान महशुस हुने गर्दछ। त्यसैले आँखालाई बिस्तारै बन्द गर्दै खोल्दै गर्नुभयो आँखालाई आराम मिल्ने गर्दछ।
नियमित जाँच गराउनुहोस्
यदी आँखामा समस्या देखिएको छ भने आँखाको नियमित जाँच गराउनुहोस्। आँखा ठिक हुने व्यक्तिले पनि आँखाको नियमित जाँच गराउँदा आँखाको उपचार पनि हुन्छ र आँखा स्वस्थ पनि हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
