काठमाडौँ । भनिन्छ, क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कैयन सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । यसकारण रिसलाई सही समयमै नियन्त्रणमा लिनुस् ।
रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थमा पनि नराम्रो प्रभाव पर्छ । आज हामीले रिसाउँदा मानिसको शरीरमा पर्ने ७ वटा असरका बारेमा उल्लेख गरेका छौं ।
१. रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।
२. आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।
३. ब्लड प्रेशर एक्कासी उच्च हुन्छ । र आक्रामक भावना उत्पन्न हुन् ।
४. सोच–विचारको शक्ति कमजोर हुन्छ ।
५. तनाव बढ्छ ।
६. लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । पाचनतन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्नेजस्ता समस्याहरु देखिन थाल्छन् ।
७. निद्रा हराउन थाल्छ, यसले तपाईंको आयु घटाउँछ भने जवानीमै बुढो देखिन थाल्नुहुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
