अमेरिकी पूर्व विदेश मन्त्री शुल्ट्जको निधन

एजेन्सी । शितयुद्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिकाका पूर्व विदेश मन्त्री जर्ज शुल्ट्जको एक सय वर्षको उमेरमा निधन भएको छ।

शनिबार क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा उनको निधन भएको हो।

Advertisement

२० औं शताब्दीको अन्त्यतिर परराष्ट्र नीतिलाई महत्वपूर्ण आकार दिन शुल्ट्जले केन्द्रीय भूमिका खेलेका निर्वाह गरेका थिए।

उनले विभिन्न जिम्मेवारीमा रहेर तीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावर, रिचार्ड निक्सन र रोनाल्ड रेगनको शासनकालमा सेवा गरे।

रेगन प्रशासनमा शुल्ट्जले १९८० को अधिकांश समय तत्कालीन सोभियत युनियनसँगको सम्बन्ध सुधारमा खर्चिएका थिए।

More News last news
Loading...