मधुमेह हुँदा यी चार चीज खानुस्, हुन्छ सुगर नियन्त्रण

काठमाडौँ । पछिल्लो समय खानपान र जीवनशैलीका कारण अधिकांश मानिस मधुमेहको उच्च जोखिममा परेका छन्।

मधुमेह हुँदा खानपानलाई नै विशेष ध्यान दिनुपर्ने हुन्छ। खानामा प्राप्त हुने अतिरिक्त चिनीले असर पु-याउँछ । यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ।

Advertisement

रगतमा सुगरको मात्रा बढी या कम हुनाले शरीरलाई नोक्सान गर्छ। मधुमेह रोग लागेकालाई सामान्य मान्छेको भन्दा बढी भोक लाग्छ।

छिटो छिटो भोक लाग्नाले खानाको इच्छा हुन्छ, जो मोटोपनको कारण बन्न सक्छ। यस्तो अवस्थामा यी खानेकुरा खानुपर्छ जसले भोकलाई सन्तुष्टि पार्छ र रगतमा सुगरको मात्रा पनि बढ्दैन।

ड्राइफुट्स

मधुमेहका रोगीले ड्राइफुट्स खानु राम्रो हुन्छ । तर, त्यो त्यति धेरै लिनु हुँदैन । आवश्यकभन्दा बढी बदाम खाएमा त्यसले मानिसलाई थप विरामी बनाउँछ ।

बदाममा फाइबर, भिटामिन, मिनरल्सको मात्रा उच्च र काब्र्सको मात्रा कम हुन्छ । ड्राइफुट्स खाँदा रगतमा सुगरको मात्रा बढ्दैन, त्यसैले स्न्याक्समा पेस्ता, ओखर, काजु, बदाम खाने गर्नुपर्छ ।

पिनट बटर र स्याउ

मधुमेह रोगीका लागि फलफूल निकै उपयोगी हुन्छ। स्याउमा न्युट्रियिन्स, भिटामिन बी, सी, पोटासियन हुन्छ। स्याउको एक टुक्रा पिनट बटरसँग खाँदा धेरै फाइदा हुन्छ।

पिनट बटरमा भिटामिन ई, म्याग्नेसियम र मेग्निजले सुगर नियन्त्रण गर्न सहयोग गर्छ । सुगरका रोगीले नासपाति पिनट बटरसँग खाने गरेमा धेरै फलदायी हुन्छ।

उसिनेको अण्डा

उसिनेको अण्डा विभिन्न रोग लागेका मानिसलाई उपयोगी सावित हुन्छ । त्यसमा पनि मधुमेहका रोगीका लागि यो ज्यादा लाभदायक हुन्छ।

अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ। यसले सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । आफ्नो स्न्याक्समा उसिनेको अण्डालाई राख्ने गरेमा धेरै राम्रो हुन्छ।

योगर्ट र बेरिज

दुग्धजन्य उत्पादन योंगर्ट (दही) मधुमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसले भोक नियन्त्रणमा राख्छ । यसले सुगरको मात्रालाई बढ्नबाट रोक्छ। योंगर्टमा जामुन हालेर खाने गरेमा लाभदायक हुन्छ । यसले मेटावालिज्म उच्च बनाउँछ।

More News last news
Loading...