डकार आई रहन्छ भने सामान्य नसोच्नुहोस्, यी रोगको संकेत पनि हुन सक्छ

काठमाडौँ । सामान्यतया डकार आउनु एक सामान्य प्रक्रिया हो। यो जुन सुकै समय अनि जो सुकैलाई पनि आउन सक्छ। अधिकांशले यो बिश्वास गर्छन कि डकार आउनु भनेको आफुले गरेको भोजन पच्ने एक संकेत हो।

बास्तवमा यो साँचो कुर होइन। खाना खादै गरेको समय र त्यसपछि पनि बार बार डकार आउनु भनेको खानाको साथै शरीरमा हावा भित्र पस्नु हो।

Advertisement

जब हावा भित्र पस्छ तब त्यो डकारको रुपमा बाहिर निस्कन्छ। यसले पेटमा भएको अनावश्यक ग्यासलाई बाहिर निकाल्न सहयोग गर्दछ।

यदि पेटबाट हावा बाहिर निस्कन सकेन भने अनेक प्रकारका पेटसँग सम्बन्धित समस्याले सताउने गर्छ। तर यसो हो भन्दैमा डकार आउनुलाई सामान्य रुपमा पनि लिनु हुदैन, बढी डकार आउनु कुनै रोगको संकेत हुन सक्छ।

कहिले कहिँ पाचन प्रक्रिया राम्रोसंग नहुनाले पनि पेटमा ग्यास जम्मा भई डकार आउन सक्छ। पटक पटक डकार आउनाले एसिड रिफ़्लक्स, एसिडिटी आदि जस्ता गम्भीर समस्याको शिकार हुन सक्ने सम्भावना हुन्छ। साथ साथै पेप्टिक अल्सरको कारणले गर्दा पनि डकार आउन सक्छ त्यसैले बेलैमा सजक हुन जरुरी छ।

डिप्रेशनः तनाव र चिन्ताका बाबजुत पनि कतिपयलाई डकार आउने गर्दछ। तनाब या अन्य कुनै भावनात्मक प्रभाव हाम्रो पेटमा पर्न जान्छ। लगभग ६५ प्रतिशत मानिस बदलाभाव तथा तनावका कारणले गर्दा बढी डकार आउने हुन सक्छ।

ऐरोफेजियाः अक्सर खाना खाइरहेको समयमा पेटमा हावा पस्नाले डकार आउने गर्दछ। यसलाई ‘ऐरोफेजिया’ भन्ने गरिन्छ। यस समस्याबाट बच्नका लागि मुख एकै छिनका लागि बन्द गरेर विस्तार विस्तार खानाको चपाएर खानु पर्ने हुन्छ।

More News last news
Loading...