राजधानीमा वर्षा, चन्द्रागिरीमा हिमपात

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार वर्षा भएको छ। मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । वर्षाका कारण राजधानीको तापक्रम घटेको छ भने चिसो महशुस भएको छ।

यसैबीच वर्षासँगै राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ। चन्द्रगिरी हिल्सका अनुसार चन्द्रागिरी र आसपासको क्षेत्रमा हिउँ परेको छ। चन्द्रागिरीमा हिउँ परेपछि सर्वसाधारण हिउँ खेल्न भन्दै त्यहाँ पुगेका थिए।

Advertisement

वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन्। आज पनि चन्द्रागिरीमा हिउँ खेल्नैका लागि पुगेकाहरु रमाइरहेका देखिन्थे।

विभागका अनुसार आज उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको छ।

More News last news
Loading...