काठमाडौँ । भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ। किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन्।
किसान नेताले तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ।
२६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ।
दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन्। दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ।
नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ।
दिल्ली प्रहरीका अनुसार किसानसँग कुनै कुरा हुन सकेको छैन। यसबारे अन्य माध्यममार्फत् किसानले दिल्लीमा चक्का जाम नगर्ने पत्ता लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्।
किसानले दिल्लीमा चक्काजाम नगर्ने घोषणापश्चात् पनि प्रहरी कुनै पनि प्रकारको स्थितीसँग जुध्नका लागि पूर्ण रुपमा तयार भएको जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
