टाउको दुखाईको समस्याबाट तुरुन्त राहत पाउन अपनाउनुहोस् यी उपाय

काठमाडौँ । टाउको दुखाईबाट धेरै जना पीडित हुने गर्छन्। चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टाउको दुखाई हुने गर्छ।

जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहेको हुन्छ। टाउको शरीरको संवेदनशील अंग हो। त्यसैले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन्।

Advertisement

सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै ‘पेन किलर’ खाने गर्छन्। सामान्य दुखाईमा नै ‘एन्टिवायोटिक’को प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले विस्तारै गम्भीर असर देखाउने गर्छ।

त्यसैले टाउको दुखाईबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छौ जसले केहि क्षणमा नै राहत प्रदान गर्छ।

तेलले मसाज गर्नुस्

यदि तपाईलाई बारम्बार टाउको दुखिरहन्छ भने तपाईले तेलले मसाज गर्न सक्नुहुन्छ । कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ।

यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा पनि फाइदा मिल्छ । पिपरमेन्ट र युकेलिप्टसको तेल पनि टाउको दुखाईको लागि राम्रो औषधिको रुपमा लिइन्छ।

गाईको दूध

टाउको दुख्ने समस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुस् तपाईंको टाउकोको समस्या विस्तारै कम हुँदै जान्छ ।

त्यस्तै ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चुर्ण र गाईको काँचो दूध टाउको मा लगाउँदा पनि टाउको दुखाई तुरुन्तै कम हुन्छ।

पानी

हल्का टाउको दुख्दा एक गिलास पानी पिउँन सकिन्छ। आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ।

धनियाँ र चिनी

ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।

कफि

कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ। जसले पेन किलरको काम पनि गर्छ। यसको प्रयोग माइग्रेन र टाउको दुख्ने रोगका विरामीको लागि फाइदाजनक मानिन्छ।

अदुवाको चिया

अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ। अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाईलाई कम गराउँन मद्दत गर्छ। यसले तनाव, माइग्रेन जस्ता समस्यालाई भगाउँन सहयोग गर्छ।

More News last news
Loading...