मुखभित्रको छाला जाने समस्या छ ? यी उपायबाट पाउनुहोस् छुटकारा

काठमाडौँ । पेटको गडबढीका कारण मुखमा छाला जाने समस्या हुने गर्दछ। मुखको छालामा समस्या आएपछि मानिसलाई खाना खान तथा कुराकानी गर्न समेत गाह्रो हुने गर्छ।

शरीरको छाला जाने समस्या विभिन्न कारणले हुने गर्दछ। जस्तै पौष्टिकताको कमी, खराब जीवन शैली तथा खानपानमा समस्याका कारण पनि छाला जाने गर्दछ। यो समस्याबाट छुटकारा पाउनका लागि आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

Advertisement

तुलसी
तुलसीमा स्वास्थ्यवद्र्धक र पीडानिवारण गुण हुने गर्दछ। दिनमा दुई पटक पाँच वटा तलसीको पात मुखमा राखेर चपाउदा पनि यो छाला जाने समस्याबाट छुटकारा पाउन सकिन्छ।

अफिम
कहिलेकाही पेटमा समस्या देखिएपछि मुखभित्रको छाला जाने समस्या हुने गर्दछ। यसबाट राहत पाउनका लागि अफिम पनि एक महत्वपूर्ण औषधि मानिन्छ।

नरीवल
नरीवलको तेल र पानी मुखको छाला जाने समस्याबाट लागि निकै लाभदायिक हुने गर्दछ। नरीवलको पानी पिउदा पेटको समस्या ठिक हुनुका साथै ताजा नरिवल पिसेर त्यसको पेस्ट मुखभित्र लगाउदा छाला जाने समस्या ठिक हुने गर्दछ।

मुलेठी
मुलेठीको औषधिजन्य गुण मुखको छालाको समस्याका लागि निकै उपयोगी हुने गर्दछ। आवश्यकता अनुसार मुलेठी पिसेर त्यसलाई महमा मिलाएर घाउ बनेको खालामा लगाउदा राहत मिल्ने गर्दछ।

बेसार
बेसारको पाउडरमा केही पानी राखेर पेस्ट बनाउनुहोस् र त्यसलाई छाला निस्किएर बनेको घाउमा लगाउनुहोस्। यसले मुखभित्रको छाला जाने समस्याबाट छुटकारा दिलाउने गर्दछ।

More News last news
Loading...