काठमाडौँ । आँखा हाम्रो लागि जति आवश्यक छ, त्यति नै संवेदनशील पनि छ। संसारभरका मानिसहरु मध्ये ७० प्रतिशत भन्दा बढी मानिसहरुले आँखाको समस्या झेलिरहेका छन्।
आँखा पोल्ने, चिलाउने, दुख्ने, सुख्खा हुने, टाढा या नजिकको वस्तु नदेखिने आदि आँखामा आउने समस्याहरु हुन्।
आधुनिक जीवनशैली प्रयोग भइरहेका मोबाइल, आइप्याड, कम्प्युटर जस्ता सामग्रीले आँखाको समस्यालाई अझ बढाइरहेका छन्।
आँखाको समस्याले गर्दा धेरै व्यक्तिले चस्मा लगाउने गर्छन् । त्यस्तै, चस्माको झन्झटबाट मुक्त हुनको लागि केहीले लेन्स लगाउने गर्छन्।
धेरैलाई आँखामा समस्या आइसकेपछि यसको पूर्ण उपचार हुन नसक्ने भन्ने लाग्छ । तर घरेलु विधिबाट नै आँखाको उपचार गर्न सकिन्छ। यसको लागि मसाज र खानपीनको शैली प्रयोग गर्नुपर्ने हुन्छ।
आँखाको वरिपरिको भागमा औंलोको टुप्पोको सहायताले हल्का मसाज गर्नुपर्छ। बदामको तेल लगाएर मसाज गर्नु आँखाको लागि राम्रो हुन्छ।
मसाज गर्दा गोलाकार शैलीले मसाज गर्नुपर्छ। मसाज गरिसकेपछि काक्रो र सोफको पेस्ट लगाउनुपर्छ। यो पेस्ट बनाउनको लागि सुरुमा सोफ भिजाउनुपर्छ।
सोफ भिजिसकेपछी त्यसमा काक्रो पनि राखेर मिक्सरमा मिक्स गर्नुपर्छ। त्यसपछि उक्त पेस्टलाई केही मिनेट फ्रिजमा राखेपछि आँखामा लगाउनुपर्छ। उक्त पेस्ट तीस मिनेटसम्म राख्नुपर्छ।
कम्प्युटरको अगाडी धेरै बस्ने व्यक्तिले हप्ताको तीन पटकसम्म पेस्ट लगाउँदा राम्रो हुन्छ। यो पेस्ट राती सुत्नुभन्दा अगाडी लगाउनुपर्छ।
घ्युकुमारीको जुसले आँखाको समस्यालाई निको पारिदिन्छ। आँखाको समस्या हुने व्यक्तिले घ्युकुमारीको जुस पिउनु राम्रो हुन्छ। त्यस्तै अमलाको जुस, गाँजरको जुस पनि आँखाको लागि फाइदाजनक हुन्छ।
पेटको समस्याले गर्दा पनि आँखामा असर पर्छ। त्यसैले अपच हुने किसिमका खानेकुराबाट टाढा रहनुपर्छ र धेरै पानी पिउने तथा फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
