मुखको क्यान्सर हुनुको यस्तो छ प्रमुख कारण र यसबाट बच्ने उपाय !

मुखको क्यान्सरको प्रमुख कारण
कारण भनेको सुर्तीजन्य पदार्थको सेवन गर्नु हो । मद्यपान, सुपारीजन्य पदार्थ खानु भनेको अखाद्य र रासायनिक पदार्थको प्रयोग गर्नु हो । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी क्यान्सरका बिरामी सुर्ती सेवनका कारण हुने गरेका छन् । त्यसैले आजैदेखि सुर्तीको सेवन गर्न छाडौँ ।

मद्यपान पनि मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जुनसुकै प्रकारको रक्सी सेवन गरे पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपान गर्दा सुर्तीजन्य पदार्थको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुनाले बढ्छ ।

Advertisement

अल्कोहल, जंकफुड, र–फुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ । क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु राम्रो हुन्छ ।

मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ । प्रायःजसो मुखको क्यान्सर अन्य घाउ–खटिरा भएर आउँछ ।

बिहान–बेलुका, खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्न पाँच मिनेट छुट्याउनुस् । सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने गर्नाले मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ । नयाँ पत्रिकाले छापेको छ ।

मुखमा विभिन्न दाग देखिन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । त्यस्तो अवस्थामा चिकित्सककोमा देखाउनुपर्छ ।

More News last news
Loading...