खोप लगाएको ११ दिनपछि स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी । भारतको तेलन्गाना राज्यमा रहेकी ५५ वर्षिया स्वास्थ्यकर्मीको निधन भएको छ।

भारतमा जारी खोप अभियानमा सामिल रहेकी स्वास्थ्य कर्मीले खोप लगाएको ११ दिन दिनपछि मृत्यु भएको हो। सम्बन्धीत स्वास्थ्य निकायले उनको मृत्यु उमेरको कारण भएको जनाएको छ।

Advertisement

१९ जनवरीमा खोप लगाएपछि उनलाई जनवरी २९ श्वासप्रश्वासमा समस्या देखिएको कारण अस्पतालमा भर्ना गरिएको थियो।

हैदराबाद स्थित रहेको निजाम इन्सटिच्युटमा उनको निधन भएको छ । उक्त अस्पतालको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ,‘५५ वर्षिया महिलाको मृत्युको कारण उनको उमेर रहेको र खोपको कारण मृत्यु भएको हैन्।’

महिलाको कार्डियो रेस्पििरेटरी बन्द भएको कारण उनको निधन भएको जनाइएको छ। सो राज्यमा ४२ वर्षिय एमबुलेन्स चालक र ४५ वर्षिय स्वास्थ्य सेवामा खटिएका व्यक्तिको निधन भइसकेको जनाइएको छ।

More News last news
Loading...