काठमाडौँ । अभिनेत्री सुष्मा कार्कीले आरती खड्काविरुद्ध हातपात गरेको भन्दै महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन्।
सोमबार काठमाडौँको लन्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताइन्।
उनले भनिन्, उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो। त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरे। त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लुछिन्। मसँग फुटेज छ।
पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का पनि उपस्थित थिए। प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले आफूविरुद्ध अपशब्द प्रयोग गरेको कार्की बताउँछिन्।
सोमबार राति नै कार्कीले हातपात गरेको भन्दै निवेदन दिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले बताए।
आरती खड्कासँग उहाँको सामान्य विवाद भएको रहेछ। उहाँले उजुरी दिनुभएको छ। उजुरीमा सामान्य हातपात भएको उल्लेख गर्नु भएको छ, उनले भने, हामीले दुई पक्षलाई छलफलका लागि बोलाएका छौं।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
