एजेन्सी । जापानमा लागू गरिएको संकटकाल एक महिना थप्ने तयारी भएको छ।
कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो। महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन्।
राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ।
जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए।
अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्नेबारे मंगलबार विज्ञहरूसँग परामर्श गर्दैछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
