काठमाडौँ । छारे रोग दुई प्रकारका हुन्छन्, एउटा कारण पत्ता नलागेको छारे रोग र अर्को कारण पत्ता लागेको छारे रोग। यो रोग लागेका १० जनामध्ये ६ जनामा कारण पत्ता लागेको हुँदैन।
चार जना बिरामीमा भने रोग लाग्नुका विभिन्न कारण देखिएका छन्। बच्चा जन्मँदा वा अन्य कारणले टाउकोमा गम्भीर चोट लागको छ भने, विभिन्न इन्फेक्सन, दिमागमा संक्रमण, मेनिजाइटिसका कारण छारे रोग लाग्नसक्छ। फित्ते जुकाका अन्डाहरु दिमागमा जाँदा वा ब्रेन टुमरले गर्दा पनि छारेरोग देखापर्छ।
यो रोग लागेका मानिसहरु सामान्य मानिसजस्तै काम गर्न र हिँडडुल गर्न सक्छन्। बिरामीलाई कुन समयमा लक्षण देखापर्छ भन्ने थाहा हुँदैन।
तर विभिन्न रङ देख्दा, बाजाको धुन सुन्दा वा बाटोमा हिँड्दा हिँड्दै रोगी बेहोस् हुने गरेका छन्। छारेरोगका बिरामी रोगले च्यापेपछि केही सेकेन्डदेखि केही मिनेटसम्म मात्र बेहोस् हुन्छन्।
बिरामी बेहोस् हुने प्रकार दुई वटा छन्: एकथरी बिरामी पूरै बेहोस् हुन्छन् भने अर्काथरी बिरामी अर्धबेहोस् हुन्छन्। बिरामीलाई आफू बेहोस् भएको पनि थाहा हुँदैन।
बिरामी बेहोस् हुनुका अलावा काम्ने, मुर्छा पर्ने, हातखुट्टा दह्रो बनाउने, मुखबाट फिँज निकाल्ने, आँखा पल्टाउने र एक्कासि लड्ने गर्छन्।
कारण पत्ता नलागेको छारे रोगको लक्षण १० वर्षभन्दा मुनिका बच्चामा देखिनेगर्छ। यदि चोटपटक र संक्रमणले गर्दा हुने छारेरोग भने उमेर बढ्दै गएपछि देखापर्छ।
७५ प्रतिशत बिरामीले अहिले पनि औषधि पाएका छैनन्। यदि समयमा यो रोगको पहिचान गरेर उपचार गरियो भने ७० प्रतिशत बिरामीलाई निको बनाउन सकिन्छ।
आफ्नो परिवारमा कसैलाई छारेरोग लागेको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। औषधि सेवन गरेको २ देखि ५ वर्ष्भित्र रोग नियन्त्रणमा ल्याई निको बनाउन सकिन्छ।
डायबिटिजका बिरामीले फलफूल कति खाने ?
कसैलाई मधुमेह वा डायबेटिज छ भने त्यसले जीवनभर समस्यामा पार्न सक्छ । एकपटक मधुमेह भयो भने यसलाई कन्ट्रोल त गर्न सकिन्छ तर पूरै तरिकाले यसलाई निर्मूल नै चाहिँ पार्न समस्या नै पर्छ।
जे होस्, डायबिटिजलाई नियन्त्रणमा लिन शरीरमा चिनीको मात्रा सकेसम्म मिलाउनु पर्छ। र, यसलाई नियन्त्रणमा लिन हामीले खानामा कन्ट्रोल गर्नुपर्छ। तर, मधुमेहको समस्या के होइन भने हामीले कुनै एउटा खान पूर्ण रुपमा बन्द नै गर्नुपर्छ।
हामीले ध्यान दिनु पर्ने कुरा के हो भने बढी चिनी भएका खानेकुरा वा काइब्रोहाइड्रेट चाहिँ खानु हुँदैन। बरु फाइबरयुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ।
तर, काब्रोहाइड्रेट भएका खानेकुरा छोड्नै पर्छ भन्ने होइन। जस्तै, आलु खान मन हुनेहरुले आलु खाँदा त हुन्छ तर त्यसलाई मज्जाले सलादहरुसँग खानुपर्छ।
तर, कहिलेकांही सोधिन्छ– मधुमेहको समस्या भएका व्यक्तिहरु फलफूल खान त सक्छन् । तर, के उनीहरुले फलफूलको जुस पनि पिउनुहुन्छ रु यसको सरल जवाफ हो-हुँदैन।
फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले पनि यस्तो गर्नु हुँदैन । सुगर ब्यालेन्स गर्न त्यसमा फाइबर केही पनि हुँदैन। त्यसैले पनि मधुमेह भएका व्यक्तिहरुले जुस भन्दा फलफूलमा नै बढी जोड दिनुपर्छ । तर, केही फलफूल खाँदा पनि मात्रालाई ध्यान दिनुपर्छ।
जस्तो कि अंगुर खाँदा एक मुठी अंगुरको आधाभन्दा धेरै खानु हुँदैन । त्यस्तै, तरबुजा पनि २ स्लाइसभन्दा धेरै खानु हुँदैन । आँप पनि मधुमेह भएका व्यक्तिहरुलाई ठिक हुँदैन । चिकित्सकहरु त दिनमा एक स्लाइसभन्दा धेरै आँप खान नहुने बताउँछन्।
मधुमेह हुनेहरुले अर्को खानै नहुने फलफूल भनेको केरा हो। उनीहरुले केराको मात्रा अत्यन्त कम खानु पर्ने हुन्छ। दिनमा एउटा केराको आधा मात्र खाँदा उनीहरुलाई फाइदा हुन्छ।
मानिसको छाला कालो वा गोरो किन हुन्छ ?
मनुष्यको शरीरमा मेलेनिन नामक पदार्थ हुन्छ जसले छालाको रंग निर्धा्रित गर्छ। सूर्यको प्रकाशको पराबैजनी किरणको सम्पर्कमा आउँदा मेलेनिन शरीरको कोशिकाबाट अत्यधिक मात्रामा निस्कन्छ र छाला कालो हुन्छ।
शरीरबाट मेलेनिन धेरै उत्पन्न नभएमा छाला गोरो हुन्छ। यही कारणले नै हामी गोरा र काला हुन्छौं।
यसबाहेक छालाको कालो रंग शरीरमा फोलेट नामक भिटामिनलाई नष्ट हुनबाट रक्षा गर्छ। कालो छालाले सूर्यको कडा प्रकाशलाई शरीरभित्र जानबाट रोक्छ जसबाट भिटामिन डी ३ को उत्पादनमा प्रभाव पर्छ।
चिसो ठाउँमा बस्ने मानिसमा भिटामिन डी ३ को कमी हुन्छ जसकारण उनीहरूको छालाको रंग सेतो हुन्छ। बच्चा कुपोषणको शिकार हुँदा उसका मांसपेशीहरू लगातार कमजोर हुँदै जान्छन्।
यस्तो अवस्थामा बच्चाको शरीरमा भिटामिन डीको उत्पादन बन्द हुन्छ र छालाको रंग बदलिन्छ। अनि आनुवंशिक कारणले पनि छाला गोरो वा कालो हुने हो। आमाबुवाको जस्तो रंग छ, छोराछोरीको पनि त्यस्तै रंग हुन्छ।
यसबाहेक वातावरणले पनि छाला कालो वा गोरो बनाउँछ। चिसो ठाउँका मानिस गोरा हुन्छन् भने तातो ठाउँका मानिस गहुँगोरा वा काला हुन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
