काठमाडौँ । कुवेतको आवासीय कानून उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न त्यहाँको सरकारले एक महिनाको समयावधि थप गरेको छ।
कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लंघन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि एक महिना थप गरेको हो।
कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता हुन यसअघि ३१ जनवरी २०२१ सम्म समयावधि तोकिएकोमा अब फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्यनजर गर्दै एक महिनाको अवधि थप गरिएको आन्तरिक मामिला मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
