काठमाडौँ । रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ। सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन्।
बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन्। यहाँ यस्ता केही विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छः
वाफ लिने
चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस्। यो प्रभावकारी तरिका हो। यसले तुरुन्तै आराम हुन्छ। पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ।
यसबाट झन् बढी फाइदा मिल्छ। तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ। वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ।
मनतातो पानी नाकमा हाल्ने
पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ। मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस्। त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस्।
नरिवलको तेल
नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस्। केहीबेरमै तपाईंको नाक खुल्नेछ। ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ।
टमाटर सुप
तातो-तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ। टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस्। यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
