लाइसेन्सको परीक्षा लिन सुरु गरिएको अनलाइन आवेदनमा पनि समस्या

काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा समस्या देखिएको छ।

आवेदकले अनलाइनमार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताए।

Advertisement

यस्तै, अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उनको भनाइ छ।

अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभागको आइटी डाइरेक्टरसमेत रहनुभएका वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताउँछन्।

अनलाइन प्रणालीमार्फत आवेदन दिन लगाएर मात्रै नहुने भन्दै उनले बेलाबेला विभिन्न समस्याहरु आइरहने गरेको बताए।उनकाअनुसार अहिले अनलाइन प्रणालीमा देखिएका समस्याको समाधान गर्ने काम भइरहेको छ।

यस्तै एउटा डिभाइसबाट एकजनाले मात्रै अनलाइन आवेदन भर्न सकिने भएको छ। विचौलियाहरुको धेरैे चलखेल गर्न नपाओस् भनेर यस्तो गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए।

More News last news
Loading...