हावाहुरी र हिमपातले जापानमा एकै दिन सय उडान रद्द

एजेन्सी । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन्।

अत्याधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो।

Advertisement

जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल) ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

कुल ९८ ओटा उडान रद्द भएको हो। होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो।

 

More News last news
Loading...