काठमाडौँ । कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन्। विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ।
तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ।
अमलाको जुस
अमलामा ट्यानिन र क्याल्शियम जस्ता पदार्थ पाइन्छ । यो दुवै पदार्थ कपाल बढ्न मद्दतगार हुन्छ । र यो कपालको लागि निकै लाभदायक हुन्छ।
कपालको जरामा अमलाको रस लगाउनुस् र ३० मिनेटसम्म लगाउनुस् । यो प्रक्रिया हप्तामा दुईपटक लगाउनुस्।
प्याजको रस
प्याजको रसले कपालमा यसको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले गर्दा कपाल झर्न रोक्ने काम गर्छ।
आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ।
मेथी हेयर मास्क
मेथीको दानामा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च मात्रामा पाइन्छ। यसले कपाल झर्न र रुखो हुनबाट बचाउँछ।
आधा कप मेथीको दाना रातभर भिजाउने र पेस्ट बनाएर कपालको जरामा लगाउने गर्नुपर्छ। मेथीको पेस्ट लगाएको ३० देखि ६० मिनेटमा पखाल्नुपर्छ । यो प्रक्रिया हप्तामा एकपटक लगाउनुपर्छ।
नरिवलको तेल
नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ। हप्तामा दुई पटक नरिवलको तेलले मालिस गर्ने गर्नुपर्छ जसले कपाल मजबुत बनाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
