माघ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा पुरानो लगानी उठाउन सकिने छ। बल तथा पराक्रमका क्षेत्रमा बृद्धिहुनेछ । पुराना मित्रजनको सहयोगमा आर्थिक क्षेत्र दरीलो बन्नेछ। मनोरञ्जनमुलक यात्राको योग रहेको छ।
गरीरहेको कार्य सम्पादनमा अधिक समय ब्यतति रहनेछ साथै कार्य सम्पादनको श्रेय समेत अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । भौतिक श्रोतसाधनको प्रयोग तथा खरिदको योग रहेकोछ। मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेकोले कार्यक्षेत्रमा साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्यतिर नयाँकार्यको थालनि गर्न समयले साथ दिनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
संचित रकम खर्चगर्नु पर्ने समय रहेकोछ । सभा समारोहमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोले खानपाानमा ध्यान पूर्याउनु होला । बल तथा प्रराक्रममा बृद्धिहुनेछ ।
गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामान्य यात्राको योग बन्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उन्पन्नहुन सक्नेछ । साजेदारि कार्यमा साबधानि अपनाउनु उत्तम रहनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
साताको प्रारम्भमा ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ ।स्वास्थ सम्बन्धि समस्या ले सताउला ।
भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले समय निरासा पुर्ण ब्यतित हुने छ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य आर्थीक अभाबको सामना गर्नु पर्नेछ । मानसम्मानमा आचँआउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु पर्नेछ । परीवारका सदस्यहरुबाट टाढाभएको महसुस रहनेछ । ब्यापार ब्यवसायमा जिबन साथीको साथसहयोग उत्तम रहनेछ ।
शारीरिक आलस्यताले गरीरहेको कार्यमा ढिलाईको योग बन्नेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । साताको अन्त्यतिर प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।
बुधबार पश्चात सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ । खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन ।
पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । साताको अन्त्य तिरटाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ।
सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ। मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ। भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग बन्नेछ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजन तथा बिश्वासिलो व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ। मित्रजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।
खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मगंलबार पश्चात यात्राकारक समय रहनेछ । साथी भाईहरुको अधिक निकटाका कारण सामान्य तनाबमा फसीएला।
धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साताको प्रारम्भमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ। शारिरीक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ। पारीवारिक सम्बन्धमा सामान्य मनमुटाबको सामना गर्नु पर्नेछ।
अध्यन अध्यापनमा समय उत्तम रहनेछ। स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखा पर्नेछ। अरुको बिश्वासमा छोडिएका कार्यहरुमा पुर्नराबलोकन गर्नुपर्ने सम्भाबना रहेकोछ। भोज भतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । प्रतिश्पर्दाजन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ। दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
बिशिष्ट ब्यत्तिहरुको अनुशरणले सामान्य झन्झटका बिचमापनि कार्य सम्पादित रहनेछन । पुराना लगानि उठाउन समयले बिषेश साथ दिनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ। देश बिदेशको यात्राको योग बन्नेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्नहुनाले मनमा खिन्नता बोध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।
अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोग प्राप्त रहनाले मन हर्षित रहनेछ । साताको अन्त्य तिर तपाईको कार्यमा त्रुटिदेखाउने हरुको बृद्धिहुनाले कार्य क्षेत्रमा साबधानि अपनाउनु पर्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
