वैवाहिक जीवनमा अशान्ति आयो ? यसरी बनाउनुहोस् सम्बन्ध सुमधुर

काठमाडौँ । आजभोलि अधिकांश मानिस दुई प्रकारका वैवाहिक जीवनको समस्याको सामना गरिरहेका छन्। पहिलो हो अशान्त वैवाहिक जीवन र दोस्रो असन्तुष्ट वैवाहिक जीवन ।

अशान्त वैवाहिक जीवन
जुन पति पत्नी एक अर्काको कुरा बुझ्दैनन्, उनीहरुको घरको कुरा आफै दुनियाका सामुन्ने आउने गर्दछ। उनीहरु आफ्नो अशान्त वैवाहिक जीवनबाट छुटकारा पाउन सकेका हुँदैनन्।

Advertisement

असन्तुष्ट वैवाहिक जीवन
दोस्रो वैवाहिक जीवन त्यो हो, जसमा पति पत्नी थोरै समझदार र चलाख हुने गर्दछन्। उनीहरु अशान्तलाई ढाकिदिन्छन् र दुनियाका सामु आफ्नो घरको कुरा लुकाउने गर्दछन्।

यदी पति पत्नीबीच अशान्ति छ, तर त्यो लुकाइएको छ भने यस्तो जीवन असन्तुष्ट हुने गर्दछन्। यी दुबै परिस्थितीमा गृहस्थी जीवनलाई सुखी बनाइराख्नका लागि आपसी प्रेम हुन आवश्यक छ।

प्रेम बिना सुखमय बन्दैन् वैवाहिक जीवन
प्रेम बिना परिवार चलाउन सकिन्छ, तर गृहस्थि जीवन बसाउन सकिदैन्। आजभोलि धेरैजसो मानिसको गृहस्थी जीवनमा असन्तोष र अशान्ति फैलिएको छ।

यसलाई हटाउनका लागि आपसी प्रेमको आवश्यक हुने गर्दछ। जुन व्यक्ति अधिक बुद्धिमान, समझार हुने गर्दछन्, त्यस्ता व्यक्तिले आफ्नो जीवन साथीलाई आफूजस्तो बनाइराख्न प्रेमपूर्ण प्रयास गर्ने गर्दछन्। यसो गर्दा आशान्ति र असन्तोष हट्ने गर्दछ।

परिस्थिती अनुसार सन्तुलन बनाउनुहोस्
देश, काल, परिस्थिती अनुसार सम्बन्धमा साथ र सन्तुलन बनाइराख्नु आवश्यक हुने गर्दछ। उमेरको हरेक यात्रामा सबै सम्बन्धमा आ आफ्नै महत्व हुने गर्दछ। बच्चाको लालन पालनमा वेवास्ता गर्न भएन्।

सम्बन्धका पछाडि सबैभन्दा महत्वपूर्ण कुरा प्रेम हुने गर्दछ। आपसी प्रेम बनाइराख्नका लागि उमेरको हरेक यात्रामा सम्बन्धलाई बुझेर सन्तुलन र ताजगी बनाइराख्नु पर्दछ।

More News last news
Loading...