अनुहारमा क्रिमको प्रयोग गर्नुहुन्छ ? ध्यान दिनै पर्छ यी कुरा, नत्र…

काठमाडौँ । सुन्दर छालाको लागि दाग, धब्बा हटाउन जरुरी हुन्छ। यसका लागि दैनिक क्रिमको प्रयोग गरिन्छ। महिला होस् वा पुरुष, सबैले क्रिमको प्रयोग गर्छन्।

अनुहारका हरेक समस्या समाधानका लागि बजारमा कैयौँ क्रिम उपलब्ध छन्। क्रिमले छालालाई मोस्चराइज मात्र गर्दैन, रङमा समेत परिवर्तन ल्याउँछ।

Advertisement

तर, कैयौँ यस्ता क्रिम हुन्छन् जसले छालाको समस्या समाधान गर्नुको साटो झन् बल्झाउँछन्। त्यसैले क्रिम छनोटमा सजग हुन आवश्यक हुन्छ।

स्टेराइड

छालामा प्रयोग गरिएको क्रिमले तत्काल प्रभाव जमाओस् भन्ने उद्देश्यले प्रायः सबै क्रिममा स्टेराइडको प्रयोग गरिएको हुन्छ। तर, यस्तो पदार्थले अनुहारमा स्कार्स, पिम्पल्स, एलर्जी, दाग, धब्बा बनाउने काम गर्छ।

यसका अरू पनि थुप्रै साइड इफेक्ट हुन्छन्। यसले स्किनभन्दा माथि लेयर बनाउनेसमेत काम गर्छ। यस्तो पदार्थ फेयरनेस क्रिममा बढी प्रयोग गरिन्छ। त्यसैले स्टेराइड कम प्रयोग भएका क्रिम खरिद गर्न आवश्यक हुन्छ।

प्रेजर्भेटिभ

क्रिममा भएको प्रेजर्भेटिभका कारण छालामा खतरनाक रियाक्सन हुन्छ। किनकि, यसमा पेराबेन हुन्छ। जसले स्किनमा रातो धब्बा, एलर्जीलगायतका समस्या निम्त्याउने गर्छ। त्यसैले सधैँ पेराबेन फ्री क्रिम प्रयोग गर्न आवश्यक हुन्छ।

फ्रेगरेन्स

क्रिममा मिश्रण गरिएको फ्रेगरेन्सले एट्र्याक्टिभ देखाउने गर्छ। तर, यसबाट बच्न जरुरी छ। त्यसका लागि हाइपो एलर्जिक लेखिएको क्रिम प्रयोग गर्नुपर्छ।

यसका साथै फ्रेगरेन्स फ्री क्रिम या प्रडक्ट प्रयोग गर्नुपर्छ। यस्ता क्रिम प्रयोग गर्दा छालाको लेयर ड्यामेज हुन थाल्छ। र, छालामा कुनै असर पर्दैन।

हाइड्रोक्युनान

छालाको रङमा निखार ल्याउन क्रिममा ब्लिचको प्रयोग गरिन्छ। तर, यस्तो प्रडक्ट लामो समय प्रयोग गर्दा छाला उल्टै कालो हुन थाल्छ।

यसैको कारण हो जापान, अस्टेलिया र युरोपमा ब्लिचिङ क्रिम प्रडक्ट ब्यान्ड गरिएको। स्किन निकै सेन्सिटिभ हुने भएकाले राम्रोसँग जाँच गरेर मात्र क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ।

More News last news
Loading...