सोल । दक्षिण कोरियाली अभिनेत्री सोङ यु जङको २६ वर्षको उमेरमा निधन भएको छ।
उनको मृत्युको कारण पत्ता लाग्न नसकेपछि उनको म्यानेजमेन्ट एजेन्सीले उनको शनिबार निधनको जनाएको छ ।
सोमबार २५ जनवरीमा परिवारका सदस्यको उपस्थितिमा सोङको अन्तिम संस्कार गरिएको छ । एक आधिकारिक वक्तव्यमा भनिएको छ, ‘अभिनेत्री सोङ यु जङले २३ जनवरी २०२१ मा यो संसारलाई अलविदा भनेकी छन्।
उनको परिवारको इच्छानुसार अत्यधिक मौनताका बीच उनको अन्तिम संस्कार २५ जनवरीमा गरिएको छ ।’ सोङले सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट टिभीमा अभिनयको डेब्यु गरेकी थिइन्।
यसै शृंखलामा उनले किम चुन वानको नामकी एक टिनएजरको भूमिका निभाएकी थिइन् । त्यसपछि उनले सन् २०१४ मा ‘मेक योर विस’ र सन् २०१७ मा ‘स्कुल २०१७’ नामको टिभी सिरिजमा पनि काम गरेकी थिइन्।
टिभीमा आउनुअघि सोङले थुप्रै विज्ञापनमा पनि काम गरेकी थिइन् । उनले दुईवटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
