काठमाडौँ । तपाईंको पेटले कहिले काँही आवाज निकाल्छ होला ? हो धेरै बेरसम्म केही पनि नखाएर बस्नुभएको छ भने पक्कैपनि तपाइले पेटभित्र विभिन्न आवाज आएको महशुस गर्नुभएको छ होला।
आखिर पेट किन कराउँछन् ? हामीलाई भोग लागेर ? होइन हाम्रो पेट भोको भएर मात्रै कराउँदौन् । किनभने भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन।
भोक लाग्नु भनेको हाम्रो शरीरलाई चाहिने विभिन्न खाले पोषक तत्वहरुको कमी मात्र हुनु हो। हाम्रो मस्तिष्कमा भोकलाई नियन्त्रण गर्ने भाग हुन्छ । त्यसले हाम्रो पेट र आन्द्रामा गाडीमा रहेको एक्सिलरेटर र ब्रेकको जस्तो काम गर्छ।
हाम्रो पेटले निरन्तर रुपमा हाम्रो खानाहरुलाई पचाउने काम गरिरहेको हुन्छ। हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ। यो कुरा हामीले खाएको खानाको मात्रामा पनि भर गर्छ।
धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन । खानालाई पचाउनका लागि हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ। खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घस्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन् ।
पेट कराएको बेला हाम्रो पेट र आन्द्रा निकै सक्रिय हुने गर्छन्। यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् । तिनीहरु केवल आफूलाई शान्त पार्न मात्र तत्पर रहेका हुन्छन् । तिनीहरुले खानालाई पूर्ण रुपमा नपचाउन पनि सक्छन्। त्यसैले यस्तो बेला जेपायो त्यही खाँदा पेट दुख्ने समस्या पनि उत्पन्न हुन सक्छ।
कुनै आपतको बेला तपाईंको पेट खाली भएर कराउन थाल्यो र छेउमा खानेकुरा पनि छैन भने त्यस्तो बेला आफू शान्त भई बस्नु नै उचित हुन्छ। किनभने तपाईं जति शान्त भएर बस्नुहुन्छ, त्यति नै ढिलो हाम्रो शरीरले जम्मा गरेर राखेको प्रोटिनलाई पचाउने गर्छ।
यी कुरालाई ध्यानमा राख्नुहोस्
डाइटमा फाइबर र कार्बोहाइड्रेट युक्त खाना शामिल गर्नुहोस्
अदुवालाई आफ्नो दैनिक खानामा सामिल गर्नुहोस् ।
ज्यादा समयसम्म भोकै नबस्नुहोस् ।
खानालाई चबाइ चबाइ खानुहोस् ।
चिया कफीको सेवन कम गर्नुहोस् ।
दिनमा कमसेकम ८-१० गिलास पानी पिउनुहोस् ।
पुरा निद्रा निदाउनुहोस् ।
हरेक दिन योगा गर्नुहोस् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
