बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु

याउन्डे । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

Advertisement

“दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने।

स्थानीय समयअनुसार दिउँसो ३:३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा सो दुर्घटना भएको समाचारमा जनाइएको छ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

More News last news
Loading...