सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान रविन्द्र दनुवार २०७७ सालको पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
अवैध लागुऔषध, चोरीतस्करीलगायतका अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी जवान दनुवारलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
