हृदयघात हुनुअघि शरीरले दिन्छ यस्तो पूर्व संकेत, यस्ता लक्षणलाई वेवास्ता नगर्नुहोस्

काठमाडौँ । उमेर नपुगी मृत्यु हुने रोग मध्य हृदयघात पनि एक हो। यो प्राणघातक र जोखिम युक्त रोग हो।

हृदयघातका कारण वर्षेनी धेरैले ज्यान गुमाउने क्रम बढ्दो छ। यसका केही संकेत हुने गर्दछन्। जुन संकेतलाई हामीले व्यवास्था गर्यौँ भने हाम्रो ज्यानै जान सक्छ। आज हामी त्यस्ता संकेतका बारेमा जानकारी दिदैछौँ :

Advertisement

यस्ता छन् हृदयघातका पूर्व संकेत

खुट्टा सुनिनुः मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन । यसका कारण खुट्टा सुनिने समस्या देखिन सक्छ । यस्तो भयो भने व्यवास्था नगर्नुहोस् हृदयघातको खतरा हुन सक्छ।

अपच वा वान्ताः खाएको खाना नपच्ने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा सम्या पैदा भएको संकेत हुन सक्छ । हृदयघात हुनु अघि विरामीहरुलाई यस्ता समस्या देखिने विशेषज्ञहरु बताउँछन्।

थकान महसुस हुनुः जतिबेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको संकेत हुन सक्छ। जटिल काम गर्दा थकाइ लाग्नु स्वभाविक भएपनि जतिबेला पनि थकान हुनु चाँहि गम्भिर समस्या हुन सक्छ।

छाती वा पिठ्यूँमा पीडाः यदि तपाइँको छातीमा निरन्तर दुखाइ अनुभव हुन्छ वा ढाड दुख्छ भने लापरवाही नगर्नुस् । हृदयघात हुनु अघि यस्तै लक्षण देखिने डाक्टरहरु बताउँछन् ।

स्वास फेर्न समस्याः यदी तपाइँलाई मुटुको गम्भिर समस्या छ भने तपाइँलाई स्वास प्रस्वासमा पनि समस्या हुन सक्छ । धडकन बढ्नु र स्वास प्रश्वासमा समस्या हुनु पनि मुटुमा गम्भिर समस्याका संकेत हुन्।

More News last news
Loading...