अधिक प्रोटीनको सेवन पनि स्वास्थ्यका लागि हुनसक्छ खातक, देखिन्छन् यस्ता समस्या

काठमाडौँ । धेरैले शरीरलाई स्वस्थ राख्ने चक्करमा अत्याधिक प्रोटिन युक्त खाने कुरा खाने गर्दछन्। जस कारण शरीर स्वस्थ हैन झनै खराब हुने गर्दछ। त्यसैले प्रोटीन युक्त खाना धेरै खान हुँदैन्।

प्रोटीन युक्त खानाले हुनसक्छ यी खतरा

Advertisement

प्रोटीन रिच डाइटको सेवनले टेस्टेस्टेरोन हार्मोनको लेभल असन्तुलित रहन्छ । जसले फार्टिलिटी कम हुनसक्छ।

यसबाट कोलेस्ट्रोल लेभल बढ्न सक्छ । मुटु सम्बन्धि समस्या बढ्न सक्छ।

यसले शरीरमा बोसो बढाउँछ । बढी प्रोटीन सेवनले मोटोपनको समस्या बढ्न सक्छ।

बढी प्रोटीन लिँदा यूरिक एसिडको लेभल सन्तुलित रहँदैन। यसले जोर्नीमा दुखाई हुनसक्छ।

प्रोटीन रिच डाइटमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ। यसले कमजोरी महशुस हुनसक्छ।

यसले शरीरमा भिटामिन्स, मिनरल्स पूर्ण रूपमा आपूर्ति हुँदैन। यसले छाला सम्बन्धि समस्या जस्तै पिम्पल या रेशेज हुनसक्छ।

प्रोटीनलाई डाइजेस्ट हुनमा बढी समय लाग्छ। यसले कब्जियतको समस्या हुन्छ।

बढी प्रोटीन सेवनले मृगौलामा नकारात्मक असर हुन्छ । यसले मृगौला सम्बन्धि समस्या बढ्न सक्छ।

More News last news
Loading...