काठमाडौँ । पुड्कोपनको समस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । अधिकांश हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्ग फुडको प्रयोग गर्दै आइरहेका छौ । यसरी कोसेलीका रूपमा लगिएको जङ्ग फुड खानका बानी लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् ।
त्यसैले आजकाल धेरै बच्चाहरू बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरू पुड्कोपन हुन सक्छन् । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरू जन्मँदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाइ २५ सेन्टिमिटरसम्म बढ्नु पर्छ । २ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ वर्ष हरेक वर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । अन्यथा उमेर अनुसारको उचाइ नबढे पुड्कोपन हुनसक्छ ।
पुड्कोपन हुनुको प्रमुख कारण भनेको जङ्क फुड खानमा धेरै चासो दिनु हो । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अभिभावकको हुन्छ । अभिभावक बाहेक विद्यालय पनि यसको जिम्मेवार हो । अझ कतिपय स्थानमा विपद्का बेला सहयोग भन्दै बाँडिने राहत सामाग्रीमा पनि जङ्क फुड बढी मात्रा हुने गरेको छ । पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय
१. आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्छ ।
२. चिकित्सकको परामर्श अनुसार गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।
३.गर्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।
४. गर्भवस्थामा आमालाई तनाव हुने कुनै काम नगर्ने ।
५. गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।
६. शिशु जन्मीएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने ।
७. शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्ने । कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।
८. बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य ख्वाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रसस्त पानी ख्वाउने ।
९. कम्तीमा साताको २ पटक दूधदहि, माछामासुको खाने । खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खाने बानि बसाल्ने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
