काठमाडौँ । पछिल्लो समय धेरै मानिसको शरीरमा दुखाईको समस्या हुने गर्छ। तर मानिस उक्त पीडालाई सामान्य दुखाई सम्झिएर वेवास्ता गर्ने गर्छन्।
यस्तो दुखाई कहिले काही मानिसका लागि निकै खतरनाक साबित हुनसक्छ। आज हामी तपाईलाई शरीरको केही अंगमा हुने दुखाईले गर्ने खतरनाक रोगको संकेतका बारेमा जानकारी दिदैछौँ।
यी ५ अंगमा हुने दुखाईले गर्छ गम्भिर रोगको संकेत
शीर (टाउको)को दुखाई
यदी कुनै व्यक्तिको टाउको लामो समयसम्म दुख्ने गर्छ भने त्यसलाई वेवास्ता गर्न हुँदैन्। किनकी यो दुखाई कुनै गम्भिर रोगको संकेत पनि हुनसक्छ।
टाउकोमा लामो समय दुखाई हुनु माइग्रेनको लक्षण हुनसक्छ। जसका कारण मानिको स्थिती खराब हुने गर्छ र दिमागमा नराम्रो असर पर्न सक्छ। त्यसैले धेरै लामो समयदेखि टाउको दुख्ने समस्या देखिए डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।
हृदयको दुखाई
यदी कुनै व्यक्तिको हृदयमा दुखाई हुन्छ भने हृदयघातको संकेत पनि हुनसक्छ। त्यसैले यदी कुनै व्यक्तिको हृदयसम्बन्धी दुखाई छ भने त्यसलाई वेवास्ता गर्न हुँदैन। हृदयसम्बन्धी दुखाई मानिसका लागि निकै खतरनाक साबित हुनसक्छ।
गर्दनमा दुखाई
यदी कुनै व्यक्तिको गर्दनमा दुखाईको समस्या देखियो भने पनि त्यसलाई वेवास्ता गर्न हुँदैन्। गर्दनमा हुने दुखाई टिभी रोगको संकेत हुनसक्छ। त्यसैले कुनै व्यक्तिको गर्दन लामो समयदेखि दुख्दै आएको छ भने तुरुन्त डाक्टरको सल्लाह लिनु उपयुक्त हुने गर्छ।
पिठ्युको दुखाई
लामो समयसम्म पिठ्युमा दुखाई हुनु अर्थराइटिसको समस्या हुनसक्छ। यस समस्याका कारण शरीरमो हड्डी कमजोर हुने गर्छ। साथसाथै जोर्ने दुखाईको समस्या पनि बन्ने गर्छ।
त्यसैले यदी कुनै व्यक्तिको पिठ्यु लामो समयदेखि दुख्ने गरेको छ भने डाक्टरको सल्लाह लिनुका साथसाथ क्याल्सियम युक्त आहारको सेवन गर्नु उपयुक्त हुन्छ।
कम्मरको दुखाई
यदी कुनै महिलाको कम्मरमा लामो समयदेखि दुखाईको समस्या देखियो भने खतरनाक साबित हुनसक्छ। किनकी कम्मरको दुखाईका कारण पाठेघरको मांसपेशीमा समस्या उत्पन्न हुने गर्छ। जसका कारण पाठेघर खुम्चिने समस्या देखिन्छ।
जसले गर्दा महिलालाई गर्भवती हुन समस्या देखिन्छ। यदी कुनै महिलाको कम्मरमा लामो समयदेखि दुखाईको समस्या देखिएको छ भने डाक्टरको सल्लाह लिनु राम्रो मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
