भारतमा अस्पताल फुटाउने सांसद्लाई २ वर्ष जेल सजाय

काठमाडौँ । भारतमा अस्पताल फुटाउने एक सांसदलाई २ वर्ष जेल सजाय तोकिएको छ।

दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) का सांसद सोमनाथ भारतीले सन् २०१६ मा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को पर्खाल तोडफोड गरेका थिए।

Advertisement

साथै, अस्पताल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई पनि ढुंगामुढा प्रहार गरेका थिए।

सोही अभियोगमा मुद्दा खेपिरहेका भारतीलाई दिल्ली अदालतले २ वर्षको जेल सजाय सुनाएको हो।

सजाय घटाउन भारतीका वकिलले गरेको आग्रह अस्वीकार गरेको अदालतले जमानत भने स्वीकारेको छ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै उनीबाट १ लाख २ हजार भारतीय रुपैयाँ जरिवाना असुल भएको छ।

More News last news
Loading...