मलेसियाबाट आयो अस्तुसहित १९ नेपालीको शव

काठमाडौँ । मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव काठमाडौँ आइपुगेको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार ती शवलाई नेपाल एयरलाइन्सले बिहान ८ः३० बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको थियो। परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ।

Advertisement

बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङका रामकुमार मुदियारको शव आएको हो।

उनीहरुको विभिन्न कारणले डिसेम्बर ५ देखि २८ भित्र ज्यान गएको हो। जनवरी महिनामा मृत्यु भएका अझै १६ जनाको शव आउन बाँकी छ। कोरोना महामारीले मलेसियामा लकडाउन भएकोले शव पठाउन कठिन भएको नेपाली दूतावासले जनाएको छ।

More News last news
Loading...