बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान बनाए ? यसरी छुटाउनुहोस् बानी

काठमाडौँ । फाइबर, भिटामिन बी–६, आयरन, कार्बोहाइड्रेट जस्ता पोषक तत्वले भरिपूर्ण खजुर स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ।

खजुर शरीरका लागि निकै फाइदाजनक छ। जसलाई सही तरिकाले खान आवश्यक छ। एक दिनमा ५ खजुरभन्दा धेरै खाँदा स्वास्थ्यका लागि नोक्सान गर्न सक्छ।

Advertisement

आज हामी तपाईलाई खजुर खाने सही तरिका र फाइदाका बारेमा जानकारी दिदैछौँ ।

खजुरवाला दूध
१ गिलास गाईको दूधमा ३ वटा खजुर राखेर उमाल्नुहोस्। उम्लिसकेपछि ग्यास सानो् बनाएर त्यसलाई त्यत्तिकै ५ मिनेटसम्म छोडिदिनुहोस् । त्यसपछि यसलाई मनतातो भएपनि पिउनुहोस्।

के के छन् त खजुर दूधका फाइदा ?

बच्चाले ओछ्यानमा पिसाब गर्ने समस्या हटाउँछ
यदी तपाईको बच्चाले राति ओछ्यानमा पिसाब गर्ने समस्या छ भने बिहान खाली पेटमा खजूरवाला दूध पिलाउनुहोस्।

ध्यानदिनुहोस यदी बच्चा ५–१० वर्षबीचको छन् भने उनीहरुलाई १, २ वटा खजुरमात्र दिनुहोस् । १० वर्षमाथिका छन् भने २ वा ३ वटा खजुर दिनसक्नुहुनेछ।

वजन बढाउन
यदी तपाई अधवैसे हुनुहुन्छ र वजन बढाउन चाहनुहुन्छ भने खजूरवाला दूध पिउनुहोस्। खजूर औषधिभन्दा कम छैन। तपाईले हरेक दिन ३ वा ४ वटासम्म खजूर राखेर दूध पिउन सक्नुहुनेछ।

यसो गर्दा वजन बढ्नुका साथसाथ हड्डीपनि मजबुत हुने गर्दछ। साथै यसले शरीरमा प्रतिरोधात्मक क्षमतामा पनि वुद्धि गर्ने काम गर्दछ।

सुगरका रोगीलाई फाइदाजनक
सुगरका रोगीलाई पनि खजुर निकै फाइदाजनक छ। तर ध्यान दिनुहोस् हरेक दिन १ वा २ भन्दा बढी खजुर खादाँ शरीरका लागि नोक्सान पनि हुनसक्छ।

खजुरवाला दूधले सुगरको लेवल नियन्त्रणमा सहयोग पुर्याउने काम गर्दछ। सुगरका बिरामीले चिनी नहालेको दूधमा खजुर मिसाएर पिउन आवश्यक छ।

मुटु स्वस्थ राख्न
खजुर र दूधमा शरीरलाई चाहिने ग्लूकोज, फ्रक्टोज, फाइब, आयरन र म्याग्निसियन भरपुर मात्रमा पाइने गर्दछ। यसले शरीरको एनर्जी लेवल सधैँ हाइ राख्न सहयोग गर्दछ। साथै मुड पनि फ्रेस बनाउने काम गर्दछ।

रगतको कमी हुन दिदैन
दूध र खजुरमा आयरन भरपूर मात्रमा पाइने गर्दछ। जसले शरीरमा रगतको कमी हुन दिदैन्। साथै खजुर दूधले रगत सफा राख्ने काम पनि गर्दछ।

दिमाग तेज
खजुरमा भिटामीन बी–६ भरपुर मात्रामा पाइने गर्दछ। जसले दिमाग तेज हुने गर्दछ।

More News last news
Loading...