कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो।

विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ। सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ। साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ।

Advertisement

स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन्। धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन्। विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो।

More News last news
Loading...