भारतमा कोरोना खोप लगाएका ६ सय जनामा देखियो साइड इफेक्ट

काठमाडौँ । १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ।

केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन्। यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ।

Advertisement

यसबारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले खोप पुरै सुरक्षित र प्रभावकारी रहेको बताएका छन्। उनले साइड इफेक्ट देखिनु सामान्य रहेको प्रतिक्रिया दिएका छन्।

कुनै पनि खोपमा साइड इफेक्ट देखिने उनले बताए। उनले भने, ‘यो दूग्र्भायपूर्ण छ कि केही मानिसहरु राजनीतिक फाइदाका लागि खोपबारे गलत कुरा फैलाइरहेका छन्। जसकारण, केही मानिसहरु खोप लगाउन डराइरहेका छन्। सरकार यो चाहदैंन कि खोपपछि कसैमाथि गलत प्रभाव परोस्। सबैलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो।’

२० राज्यमा खोप लगाइयो
भारतमा अहिलेसम्म ७ लाख ८६ हजार स्वास्थकर्मीले कोरोना खोपको पहिलो डोज लिइसकेका छन्। खोप कार्यक्रमको पाँचौ दिन बुधबार साँझ ६ बजेसम्म २० राज्य र केन्द्रशासित प्रदेशमा १ लाख १२ हजार ७ जनाले खोप लगाए। स्वास्थ मन्त्रालयका अनुसार पाँचौ दिन (२० जनवरी) मा साइड इफेक्टका कुल ८२ घटना देखिए।

दिल्लीमा ४, कर्नाटकमा २, उत्तराखण्ड, छत्तिसगढ, राजस्थान र पश्चिम बंगालमा एक–एकजनालाई अस्पताल भर्ना गर्नुपर्यो। दिल्लीमा एकजनाको उपचार हुँदैछ भने बाँकी तीनजना डिस्चार्ज भइसकेका छन्। कर्नाटकमा पनि दुईमध्ये एकजना डिस्चार्ज भइरहेका छन् । बंगालमा एक व्यक्तिको उपचार हुँदैछ।

‘खोपका कारण कसैको मृत्यु भएको छैन’
खोपका कारण मृत्यु भएको रिपोर्टबारे स्वास्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार उत्तर प्रदेश र तेलंगानामा १–१ र कर्नाटकमा दुईजनाको मृत्यु भएको खबर बाहिर आएको छ। यूपी–कर्नाटकमा मरेकाहरुको पोस्टमार्टम रिपोर्टले स्पष्ट गरेको छ कि मृत्युको कारण खोप नभएर अन्य समस्या हो ।

More News last news
Loading...