काठमाडौँ । चिया पिउनु हरेक मानिसको आदत नै हुन्छ। भेटघाटदेखि छलफलसम्म चिया नै पिउने प्रचलन छ। तर, प्राय मानिसहरु अदुवा हालेको चिया पिउन मनपराउँछन्।
जसमा छुट्टै स्वाद पनि आउँछ। तर, भर्खरै भएको एक अध्ययनमा अदुवा हालेको चिया खाँदा स्वादका साथै शरीरका लागि महत्वपूर्ण फाइदाहरु समेत हुने गरेको तथ्य पत्ता लागेको छ।
चिकित्सकहरुका अनुसार जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ। अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ।
अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ। अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ।
यस्ता छन् अदुवा चिया पिउनुका ८ फाइदाः
१) बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन। अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ।
२) पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ। अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ।
३) दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ। मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ।
४) श्वाप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वाप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ। चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ।
५) रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ। हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ।
६) महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ। अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ।
७) रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ।
८) दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ। चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
