भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, २ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ।

सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ।

Advertisement

भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ।

शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ।

उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार बिहानसम्म भारतमा ३ लाख ८१ हजार जनाले खोप लगाइसकेका छन् ।

More News last news
Loading...