फुटपाथमा सुतिरहेका २० जना मानिसमाथि चढ्यो ट्रक, १३ जनाको मृत्यु

काठमाडौँ । फुटपाथमा सुतिरहेका २० जना मानिसमाथि ट्रक चढ्दा १३ जनाको मृत्यु भएको छ।

भारतको गुजरातमा फुटपाथमा सुतिरहेका व्यक्तिलाई ट्रकले कुल्चिदा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुने सबैजना मजदूर रहेको र राजस्थान निवासी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

दुर्घटना गएराति किम माण्डवी सडकखण्डअन्र्तगत पालोडगाम नजिकै भएको थियो। फुटपाथमा सुतिरहेका परिवारमाथि ट्रक चढ्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना गम्भिर घाइते भएका थिए।

घाइतेमध्ये १ जनाको उपचारका क्रममा ज्यान गएको बताइएको छ। अन्य घाइतेको उपचार जारी छ। प्रहरीले दुर्घटनामा संलग्न ट्रक ड्राइभर र क्लीनरलाई नियन्त्रणमा लिएको छ।

More News last news
Loading...