कलंकीको खड्गागाउँमा हिटर बालेर सुतेका वृद्धको जलेर मृत्यु

काठमाडौँ । कलंकीको खड्गा गाउँमा आज बिहानै हिटर जलेर एक वृद्धको मृत्यु भएको छ।

कलंकीस्थित खड्गा गाउँका ८६ वर्षीय वृद्धको आज बिहान ४ बजे जलेर मृत्यु भएको हो। हिटर बालेर सुतेका वृद्ध बिहान मृत भेटिएका हुन्।

Advertisement

लाइन गएपछि छोरा श्यामसुन्दर खड्काले ढोका ढक्ढ्क्याउदा नखोलेपछि ढोका फुटाएर हेर्दा मृत अवस्थामा भेटेको जनाएका छन् ।

उनको ढाड र पेट जलेको छ भने हिटरसमेत खरानी भएको छ।

More News last news
Loading...