काठमाडौँ । हृदयघात जो कसैलाई, जहाँपनि हुनसक्छ। हृदयघाट आकस्मिक दुर्घटना हो। गलत खानपान, बढि तनाव र व्यायामको अभावमा हृदयघातको जोखिम हुन्छ।
हृदयघात हुनु भनेको मुटुको कार्यसंचालनमा आकस्मात अवरोध पैदा हुनु हो।
मुटु मांशपेशीहरुले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ। मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन्। यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र यसैलाई हार्ट अट्याक भनिन्छ।
यस प्रकारको बिमारीबाट बच्नका लागि सबैभन्दा पहिले आफ्नो बानी व्यहोरा सुधार्नुपर्छ । तलका कुराहरु अनुशरण गरेर मुटुरोगबाट पर बस्न सकिन्छ।
कोलस्ट्रोललाई नियन्त्रण
कोलस्ट्रोल नियन्त्रण गरौं। कोलस्ट्रोल बढ्यो भने मुटुसँग सम्वन्धित रोगहरुको खतरा रहन्छ। त्यसैले उच्च रक्तचाप र बढेको कोलस्ट्रोललाई नियन्त्रण गर्नका लागि औषधि र डाइटमा विशेष ध्यान दिनु आवश्यक छ।
धुम्रपानबाट टाढा
धुम्रपानका कारण हार्ट अट्याक भएका व्यक्तिहरु धेरै हुन्छन् । एक पटक हार्ट अट्याक भइसकेका व्यक्तिहरुले भूलेर पनि फेरि धुम्रपान गर्नु हुँदैन।
रोमका सेन फिलिप्पो नेरी हस्पिटका फ्यूरियो कोलिबिच्चीले आफ्नो सोधमा पाएका थिए कि हृदयघातपछि पनि जसले फेरि धुम्रपान गर्न थाल्छन् उनीहरु एक वर्षभित्र मर्ने सम्भावना प्रबल हुन्छ।
वजन नियन्त्रणमा
मोटोपनाले पनि मुटुमा विभिन्न समस्या निम्त्याउन सक्छ। त्यसैले आफ्नो उमेर र लम्बाईको हिसाबले आफ्नो आदर्श वजन पत्ता लगाउनुस र उक्त वजन पाउनका लािग कडा मिहिनेत गरौं।
सुगर नियन्त्रण
सुगरका रोगीहरुमा धमनिहरुमा रगतको ढिक्का बन्ने सम्भावना प्रबल हुन्छ। यदि रोगीलाई मधुमेह छ भने मधुमेह नियन्त्रण गर्ने औषधि लिनु अति आवश्यक छ।
ड्राइ फ्रुट्सको सेवन
बदामले रक्तनलीमा सकारात्मक प्रभाव पार्छ । साथै यसले हानिकारक कोलस्ट्रोल कम गर्न पनि तपाईंलाई मद्दत गर्छ। यसमा भिटामिन ई, म्याग्नेसियम, फाइबर र पोटासियम आदि हुन्छन्।
जसले मुटुका लागि सुरक्षा कवचको काम गर्छन्। हार्ट अट्याकबाट बच्नका लागि तारिएको र भुटिएको खानेकुरा तथा नूनको कम सेवन गर्नुपर्छ।
जैतुनको तेलको प्रयोग
खानामा तेलको प्रयोगले ब्लकेज तिव्ररुपमा बढ्छ। त्यसैले तेलको कमभन्दा कम प्रयोग गर्नुपर्छ। त्यसो त तेलमा आफ्नै कुनै स्वाद पनि हुँदैन।
यदि तपाईंलाई तेल प्रयोग नगरी भएन भने जैतुनको तेल प्रयोग गरौं। जैतुनको तेलमा फ्याटी एइसिड प्रचुर मात्रामा हुने भएकाले मुटु रोगको खतरालाई कम गर्छ।
नियमित एक्सरसाइज
नियमितरुपमा आधा घन्टासम्म हिँड्ने, योग तथा व्याम गर्ने गर्नाले हार्ट अट्याकको खतराबाट सजिलै बच्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
