शरीरमा यी ३ संकेत देखिए रहनुहोस् सावधान, हुनसक्छ क्यान्सरको शुरुवाती लक्षण

काठमाडौँ । क्यान्सरलाई निकै ठूलो रोगका रुपमा लिइएको छ। क्यान्सरका कारण मानिसको ज्यानै जाने खतरा हुन्छ। यसको उपचार निकै महंगो हुने गर्दछ। उपचार भएपनि धेरै मानिसको बाच्ने सम्भावना निकै कम हुने गर्छ।

त्यसैले हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जरुरी छ। पहिलो चरणमै क्यान्सरको पहिचान गर्न सके मानिसको बच्ने सम्भावना निकै हुने गर्दछ। क्यान्सर हुनुअघि शरीरमा विभिन्न संकेत देखिने गर्दछन्। जुन संकेतलाई हल्का रुपमा लिन हुँदैन।

Advertisement

आज हामी तपाईलाई क्यान्सर हुनुअघि शरीरमा देखिने ३ संकेतका बारेमा जानकारी दिदैछौँ । शरीरमा यी संकेत देखिए भने कहिलै पनि वेवास्ता गर्न हुँदैन्। तुरुन्त डाक्टरसँग गएर चेकजाँच गर्न आवश्यक हुन्छ।

आउनुहोस् जानौँ कुन कुन हुन् त ती लक्षण ?

१) यदी तपाईको छालामा साना साना घाउ आए र ती घाउ छिट्टै सञ्चो भएनन् भने सावधान रहनुहोस्। छालामा देखिएका घाउ लामो समयसम्म सञ्चो नहुनु र ती घाउबाट रगत बग्नु थाल्नु स्किन क्यान्सरको संकेत हो। स्किन क्यान्सरका कारण तपाईको छाला ठाउँ ठाउँमा फुट्न थाल्छ र घाउको रुप लिन थाल्दछ।

२) यदी तपाईलाई लगातार खोकी लाग्छ र खोकीसँगै खकारमा रगत देखिन थाल्यो भने सतर्क रहनुहोस्। यी लक्षणले फोक्सोको क्यान्सरको संकेत गर्दछ। फोक्सोको क्यान्सर तब हुन्छ, जब मानिस धेरै धुम्रपान गर्दछन् र प्रदूषित हावामा रहन्छन्।

३) यदी तपाईले पिसाब गर्दा पिसाबमा रगत देखियो भने पनि अलर्ट रहनुहोस्। पिसाबमा रगत देखिनु प्रोस्टेट क्यान्सरको लक्षण हुनसक्छ। प्रोस्टेट क्यान्सर निकै जटिल हुने गर्छ। यद्यपी यसको उपचार सम्भव भएका कारण तुरुन्त डाक्टरसँग जानु वुद्धिमानी मानिन्छ।

यदी तपाईलाई यी ३ मध्ये कुनै एक लक्षण देखिए नडराउनुहोस्। तर तुरुन्त डाक्टरसँग गएर सल्लाह लिइ चेकजाँच गर्नुभयो भने क्यान्सरबाट बच्न सकिन्छ।

More News last news
Loading...