कतार । कोरोना संक्रमणलाई मध्यनगर गर्दै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।
कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद् आगामी जनवरी २२ देखि २८ तारिखसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।
निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए।
उक्त कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४ः०० बजेदेखि बेलुकी ९ बजेसम्म र बाँकी २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन गर्ने उनले बताए।
माथि उल्लेखित मिति, स्थान र समयमा उपस्थित भैइ निःशुल्क स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन समेत कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय सबैमा अनुरोध गरिएको छ ।
संघले यसअघि पनि कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने उदेश्यका साथ कतारको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो।
कार्यक्रमबारे थप जानकारी

कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैमा हार्दिक नमस्कार!
विषय: जानकारी सम्बन्धमा।
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार द्वारा आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि कतारमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको तल उल्लेखित मिति, स्थान र समयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी गराउदै परिक्षणमा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुन सबैमा अनुरोध गर्दछौ।
मिति: २२ जनवरी २०२१, शुक्रबारको लागि
(दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे)
मिति: २३ जनवरी देखि २८ जनवरी २०२१ सम्म
(बिहान ८:०० बजे देखि बेलुकी ९:०० बजे)
स्थान : एसियन मेडिकल सेन्टर, अल वाक्रा
पदम गिरी
महासचिव
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
