काठमाडौँ । संसारमा दिनहुँजसो अचम्मका घटना घटिरहेका हुन्छन्। यस्तै अचम्मको घटना घटेको छ भारतको झारखण्डमा।
जुन स्थानकी एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन्।
उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोस्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेस्रो युवकसँग अमेरिका भागेकी छन्।
उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग सम्पर्कमा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फरार भइन। त्यसपछि फेरि उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन्।
उनले उनीसँग पनि ४५ लाख ठगेर भागिन्। त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
साथै एक दिन सुमितकी आमाले अमितको फोना देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो। त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
