गर्भावस्थामा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र हुनसक्छ यस्तो खतरा

काठमाडौँ । हरेक गर्भवती महिलाले गर्भमा हुर्किरहेको बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन्। आफ्नो बच्चामा जन्मजात कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ।

गर्भावस्था हरेक महिलाका लागि विशेष रहन्छ । जन्मने सन्तान बारेको कौतुहलताले उनीहरुको मनलाई रोमाञ्चीत बनाइदिन्छ। तर, हरेक महिलाको मनमा एउटा डर भने हुन्छ, बच्चा कस्तो जन्मन्छ रु कुनै अपाङ्गता त हुदैँन ?

Advertisement

गर्भवती महिलालाई यो चिन्ता हुनु स्वाभाविक हो । चिकित्सकका अनुसार गर्भावस्थामा हुने सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छ।

पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीले गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् । गर्भावस्थामा निम्न कुरालाई ख्याल नराखे शिशु अपाङ्ग जन्मन सक्छ।

१) गर्भाधारणको चाहाना भएका महिलाले ३ महिना पहिलेदेखि नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनु पर्दछ।

२) गर्भावस्थाको ३ महिना पहिलेदेखि नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन।

३) गर्भावस्थाको क्रममा महिलाले भाइरल इन्फेक्सनबाट बच्नु पर्दछ। त्यसैले गर्भवती महिला भीडभाडमा नजानु नै राम्रो हुन्छ।

४) गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्लाको वातावरणमा बस्न दिनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ।

५) ध्वनी प्रदुषणमा हुर्किएको बच्चामा श्रवण शक्ति मात्र नभई बोल्ने क्षमतामा पनि असर पर्दछ । किनभने बच्चाले केही नसुने उच्चारण क्षमता हुँदैन।

६) गर्भवती महिलाले मदिरा, धुम्रपान सेवनको लत छाड्नु पर्दछ। मदिराको सेवनले गर्भ तुहिने र भ्रुणको विकास रोकिन सक्छ। धुम्रपानको लतले बच्चाको तौल कम हुनसक्छ।

७) गर्भावस्थामा प्याकेज्ड जुस, कोल्ड ड्रिंक्स, बाहिरको खाना खानु हुदैँन। साथै चटपटे, अत्याधिक पिरो अमिलो खानु हुदैँन।

तसर्थ जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ। अझ सकेसम्म पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानीपुरी सेवन नगरेकै राम्रो।

More News last news
Loading...